Chumlung UK

  • Increase font size
  • Default font size
  • Decrease font size
Home News प्लमस्टिडका याक्थुङबाहरुको भेला

प्लमस्टिडका याक्थुङबाहरुको भेला

E-mail Print

 

गत जुलाई ५ तारिक आइतबारकादिन साउथ इष्ट लण्डनको प्लमस्टिड क्षेत्रमा बसोबास गरिरहेका समस्त याकथुङबाहरु स्थानीय एक पार्कमा भेला भएर बिबिक्यु तथा बिभिन्न रमाईलो का्र्यक्रम गर्दै एक आपसमा परिचय तथा खुशि आदान प्रदान गरे । श्री खुशिमान तावा लिम्बुज्युको सक्रियतामा सम्पन्न सो कार्यक्रम ताप्लेजुङ निवासी बृद्द ब्याक्तित्व श्री सिरि प्रसाद सेनेहाङ लिम्बुज्यु पनि उपस्थि रहनु भएको थियो । अबेर गरी चुम्लुङ युकेका महासचिब बिजय बिक्रम लिम्बु पनि उपस्थित सो कार्यक्रममा उपस्थित सबैले एक बिशेष 'कोच'को ब्याबस्था गरी आगामी जुलाई २५ तारिक आसफोर्डमा सम्पन्न हुन लागिरहेको चुम्लुङको 'सिसेक्पा तङनाम'मा जाने निर्णयलाई स्वागत गर्दै का्र्यक्रम तयारीकालागि खट्ने साथीहरुलाई धन्यबाद पनि दिनु भयो । भेलामा बुढानिलकण्ठका भुपु बिध्यार्थी श्री मान प्रसाद लिम्बु लगायत श्री मन देवान, झरना लिम्बु,जिता लिम्बु,कल्पना लिम्बु, एन पी पङधाक, शान्ती चङबाङ तथा उहाहरुका सपरिबार उपस्थिति रहेको थियो ।