Chumlung UK

  • Increase font size
  • Default font size
  • Decrease font size
Home News किरात याक्थुङ चुम्लुङ युकेको बैठक सम्पन्न

किरात याक्थुङ चुम्लुङ युकेको बैठक सम्पन्न

E-mail Print

                          किराँत याक्थूङ चुम्लुङ युकेको बैठक सम्पन्न,

गत नोबेम्बर २८ तारिक शनिबारकादिन आसफोर्डको ईन्टरनेसनल हाउसको पहिलो तल्लामा किरात याक्थुङ चुम्लुङ युकेको बैठक चु्म्लुङ युकेका अध्यक्ष श्री बम बहादुर लिम्बुको अध्यक्षतामा समस्त एरिया प्रतिनिधी र सल्लाहकारज्युहरु सहित बसी बिभिन्न महत्वपुर्ण बिषयहरुमाथि बृहतरुपमा छलफल गर्दै बिभिन्न निर्णय गरेको छ । आगामी डिसेम्बर महिनाको १९ तारिक शनिबारका दिन आसफोर्डको बक ह्यङगर कम्युनिटि हलमा किरात हरुका महान चाड चासोक तङनाम ५०६९ भब्यतासंग मनाउने निर्णय गरेको छ । साथै बेलायतमा चुम्लुङ हीम खरीद गर्नकालागि श्री डम्बर लिम्बुज्युको सयोजकत्वमा थप एरिया प्रतिनिधी चाडै नियुक्त गर्ने अधिकार सहित एक भवन खरीद समितिको पनि निर्माण गरिएको छ र यो समितिले चाडैंनै आफ्नो कार्य शुरु गर्ने नब नियुक्त संयोजक श्री डम्बरज्युले बताउनु भएको छ । चुमलुङ सल्लाहकार तथा भुपु बाणिज्य राज्य मन्त्री श्री बिजय प्रकाश थेबे, किरात याक्थुङ चुम्लुङका केन्द्रिय भुपू उपाध्यक्ष नर कुमारी लिम्बु, किरात याक्थुङ चुम्लुङ युकेका भुपु अध्यक्ष श्री सिरि प्रसाद लिम्बुज्युले यो बैठक अत्यन्तै फलदायी भएको र भबन निर्माण समितिको जिम्मेवारी अत्यन्तै ठूलो भएकोले बेलायतबासी सबै याक्थुङबा दाजु भाई तथा दिदि बहिनीहरु एकाकार भई सर् सहयोग गर्न आग्रह गर्नुभयो । 

अन्तमा सभापति तथा चुम्लुङ युके अध्यक्ष श्री बम लिम्बुज्युले उपस्थित सबेलाई धन्यवाद दिदै चासोक तङनाम अत्यन्तै भब्यरुपमा मनाउन सबै सदस्यहरुलाई दिलोज्यान दिई लागिपर्न र भवन खरिद समितिलाई यथासक्य सहयोग गर्न सबैमा आग्रह गर्नुभएको थियो । 

बिजय बिक्रम लिम्बु, लिङदेन, 

लण्डन,