Chumlung UK

  • Increase font size
  • Default font size
  • Decrease font size
Home News चासोक तङनाम २००९

चासोक तङनाम २००९

E-mail Print

          बेलायतमा भब्यरुपमा चासोक तङनाम सम्पन्न

डिसेम्वर १९ तारिक शनिवार २००९ कादिन किराँत याक्थुङ चुम्लुङ युकेले बेलायतको आसफोर्डमा अत्यन्तै भव्यरुपमा किराँतीहरुका महान चाड चासोक तङनाम २००९, येले तङवे ५०६९ मौलिक संस्कृति झल्कने विभिन्न सांस्कृतिक कार्यक्रम सहित सम्पन्न गर्यो । वेलायतवासी सम्पुर्ण लिम्वु तथा गैर लिम्वुहरुका उपस्थित रहेको उक्त कार्यक्रममा छोटो औपचारिक कार्यक्रममा कार्यक्रमका सभापतित्व चुम्लुङ युकेका अध्यक्ष श्री बम वहादुर लिम्वुज्युले गर्नु भएको थियो भने सस्थाका सल्लाहकारज्युहरु नर कुमारी लिम्बु, सिरि प्रसाद लिम्बू, सफल व्यापारी तथा समाज सेवी श्री धन वहादरु लिम्वु र चम्लुङ युके भुपु महा सचिव श्री राजन लावुङज्युको आतिथ्य रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष कमला लिम्बूले उपस्थित सवैलाई स्वागत गर्नु भएको थियो भने सञ्चालन महा सचिव विजय बिक्रम लिम्बूले गरेका थिए ।

बिभिन्न मौलिक्ता झल्काउने सांस्कृतिक कार्यक्रममा धान नाच, च्याब्रुङ नाच साथे विभिन्न नेपाली गीतहरुमा कलाकार भाइ बहिनीहरुले आ-आफ्नो कला प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रमको अन्तमा स्वस्फुर्तरुपमा शुरु भएको धान नाचले कार्यक्रमको रौनक्तानै बेग्लै बनाएको थियो भने पालामले हलनै गुञ्जायमन भएको थियो ।

अन्तमा सभाका सभापति तथा चुम्लुङ युकेका अध्यक्ष श्री बम बहादुर लिम्वुज्युले बेलायतको ब्यस्त जीवनमा पनि समय निकालेर चुम्लुङको यस कार्यक्रममा सहभागी भइदिनुहुने सबैलाई स्वागत तथा हार्दिक धन्यवाद दिदै यसरीनै सबैको सहयोग प्राप्त भइरहे चुम्लुङ युके निश्चयैपनि सबल र सफल संस्थाकारुपमा रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो साथै क्यानसर रोगका कारण मृत्यु हुनभएका ताप्लेजुङ निवासी स्व: दौलती थेवे लिम्वुज्युको सहयोगार्थ किरात याक्थुङ चुम्लुङ युकेले संकलन गरेको ६,८०० ( ६ हजार आठ सय पाउण्ड) वरावरको सहयोग रकम स्व दौलती थेबे लिम्वुका छोरी सरला लिम्वुलाई हस्तान्तरण गर्दै आफ्ना सहयोगदाता सवैलाई धन्यबाद दिदै आगामी दिनहरुमा आइपर्ने विभिन्न आपत बिपतमा पनि समस्त सदस्यहरुलाई यसरीनै एक भएर लागीपर्न सबैमा हार्दिक आव्हान पनि गर्नुभयो ।

 

विजय बिक्रम लिम्बू, लिङदेन

लण्डन